Khatpad Baba
 

ब्रम्हज्ञानी परमपुज्य श्री १००८ खप्तडबाबा तत्पुरुष - श्री खप्तड कुटीका आगनमा

२०५३ बैशाख २०


मूल पाता

– परमपूज्य खप्तडबाबाको दर्शन
– गुरु–वन्दना
– याज्ञबल्क्य र गर्गीको संवाद
– भगवान के हुन ?
– संकलन

क) पूज्य खप्तडस्वामी आफ्नू परमपूज्य गुरुको     श्री चरणकमलमा
ख) एक दिब्य बालकको जन्म
ग) श्री गणेशाय नम:
घ) Earth's Greatest Problem
ङ) श्री १००८ ब्रहृमवित् परमपूज्य खप्तडबाबाका     श्री चरणकमलमा गुरु बन्दना
च) श्री खप्तड दर्शन
छ) ब्रम्हज्ञानी परमपुज्य श्री १००८ खप्तडबाबा तत्पुरुषका करकमलबाट पोखिएका 'अमृत'
ज) तत्पुरुष खप्तड बाबाको आर्शिवाद “नेपाली शिक्षा” लाई ( १९८५ )
झ) ब्रम्हज्ञानी परमपुज्य श्री १००८ खप्तडबाबा तत्पुरुषका करकमलबाट पोखिएका मोतिका ग्रन्थहरु:-

१ Essentials of Vedanta
२ The Science Of Yoga
३ बिचार बिज्ञान
४ नारीधर्म तथा पुरुषधर्म
५ म र मेरो कर्तव्य
६ स्वास्थ्य विज्ञान
७ आरोग्य-बिज्ञान
८ आत्म-ज्ञान
९ धर्म-बिज्ञान (प्रथम-खण्ड)
A Divine Boon to Nepali Education-1985

ञ) बाबाका अमृत बचन
ट) बाबाद्वारा दर्शन
ठ) पुण्यस्थल
ड) महासमाधि मन्दिर
ढ) श्री खप्तड आश्रम
ण) सानो प्रयास
त) सम्पर्क

 
 
 
 
 
 

 

योग-विज्ञान

अभ्यासक्रम

योगीराजजीले यिनीहरुलाई दर्ुइ घण्टासम्म सिद्धासन लगाएर बस्ने आज्ञा दिएका छन् । उनले त्राकट गराएर फेरि अन्तर्ध्यान भएपछि आँखा बन्द गरेर ब्रहृमरन्धमा ध्यान लगाउने आदेश दिएका छन् र के कुरा सम्झाएका छन् भने ब्रहृमरन्ध्रमा ध्यान गर्नाले एक महती दिव्य ज्योति प्रकट हुन्छ । यसलाई देखेर हडबडाउने तथा डराउनुपर्ने आवश्यकता छैन । यो दिव्य ज्योतिलाई स्थिर गर्ने प्रयत्न गर्नुपर्छ । यसमा आफ्नो अधिकार जमाउने कोसिस पनि गर्नुपर्छ । फेरि यसलाई मूलाधारतिर फ्याँक्नर्ुपर्छ । यो दिव्य ज्योतिको रंग विद्युतजस्तो पो हुन्छ । यसको संयोगबाट मूलाधारमा रातोवर्ण्र्ााथवा पहेंलोवर्ण्र्ााथवा सेतो वर्ण्र्ााे एक अर्को विशेष ज्योति प्रकट हुन्छ । यसैले भित्रदेखि नै आफ्नो सारा शरीरलाई प्रकाशित गरिदिन्छ । यसैद्वारा आफूले आफ्नो सारा स्थूल शरीरलाई भित्रबाट नै नख, नाडी, हाड, मज्जालाई देख्दछन् त्यस्तै गरी तपाईं पनि यस ज्योतिद्वारा स्थूल शरीरका सम्पर्ूण्ा कुरा देख्न सक्नुहुन्छ । शरीरभित्र तपाईं सारा कुरा प्रत्यक्ष देख्न सक्नुहुनेछ र तपाइंलाई यस शरीरको वास्तविक ज्ञान हुनेछ । जुन शरीरमा मानिसको खुब ममता हुन्छ त्यस शरीरको वास्तविक ज्ञान भइहाल्छ ।

स्वामीज्यू जब त्राटक गरिसकेपछि ब्रहृमरन्ध्रमा प्रवेश गर्नुभयो तब महती दिव्य ज्योति प्रकट भयो । यो दिव्य ज्योतिले स्वामीज्यूलाई प्रबल धक्का दियो र उहाँ २/३ फिट माथि उठेर जमिनमा पछारिनुभयो । माथि उठ्ने बेलामा तथा तल पछारिने बेलामा उहाँको आसन यथावत् बाँधिएकै थियो । कुनै प्रकारको चोटचाहिँ लागेन तर आँखा भने खुले । महाराजज्यूले सोध्नुभयो- के भयो - स्वामीज्यूले भन्नुभयो- तपाईंका कृपाले एक दिव्य ज्योति मेरा शरीरभित्र प्रवेश गर्‍यो । यसमा बढी शक्ति र बल थियो । त्यसलाई मैले सहन सकिनँ । अतः त्यसले मलाई उचालेर फ्याँकिदियो । मलाई बिलकुल चोट लागेन र मेरो शरीर निकै हलका प्रतित भइरहेको छ । महाराजज्यूले आज्ञा दिनुभयो- सावधान भएर बस । यस पटक अलिकति शक्तिको प्रयोग गरिन्छ । स्वामीज्यू पहिलेकै जस्तै स्थिर भएर बस्नुभयो । र्सवप्रथम ब्रहृमरन्ध्रमा मन्द-मन्द ज्योति प्रकट भयो । बिस्तार-बिस्तार तेजिलो हुँदैगयो । यसले नै मूलाधारमा प्रवेश गरेर सारा शरीरको साक्षात्कार गर्‍यो । दोस्रो दिनको अभ्यासमा सम्पर्ूण्ा चक्रहरुको प्रत्यक्षीकरण भयो । तेस्रो दिनका अभ्यासमा प्राण-विज्ञान, यसको गतिविधि र दश स्थानमा यसको कार्य, रंग, रुप इत्यादिलाई प्रत्यक्ष देखियो । चौथो दिनको अभ्यासद्वारा ब्रहृमरन्ध्रका दिव्य ज्योतिहरु र सूक्ष्म शरीरमा मनोमय कोशको साक्षात्कार गरियो । पाँचौ दिनमा सूक्ष्म भूतलाई -पञ्च तन्मात्राहरु) र स्थूल भूतहरुको प्रत्यक्ष गरियो । यिनका सब कार्य, करणहरु र प्रक्रिया पनि देखिए । छैटौं दिन ब्रहृमरन्ध्रमा विज्ञानमय कोशको प्रत्यक्ष विज्ञान र यसका मनोमय कोशबाट प्रत्यक्षीकरण र ज्ञान तथा कर्मेन्द्रियहरुको कारण तथा कार्यलाई प्रत्यक्ष रुपमा देखियो । सातौं दिनमा आनन्दमय कोशमा प्रवेश गरेर सूक्ष्म प्राण, अहंकार र चित्तका कार्यहरुको तथा स्वरुपहरुको साक्षात्कार भयो । आठौं दिनमा कारणरुप प्रकृति र चित्तमा आत्माको स्वरुपको साक्षात्कार भयो । र आफ्नू स्वरुपमा स्थिति बनाएर धेरै घण्टाको समाधिमा स्थिर गरियो । धेरै घण्टाको समाधि पछि उठेपछि श्रीस्वामीज्यूले श्री महाराजज्यूको चरणलाई र्स्पर्श गरेर भन्नुभयो- 'महाराजज्यू ! तपाईंको अपार कृपाले गर्दा आज म कृतकृत्य भएको छु । तपाईंले जन्म-जन्मान्तरको मेरो अध्यात्म-पिपासालाई शान्त पारिदिनुभयो । आज आत्मदर्शन पाएर, यताउता भड्किनुबाट म शान्त भएको छु । तपाईं कृपा गरेर अरु के पनि आशार्ीवाद दिनुहोस् भने यो विज्ञान स्थायी बनोस् !' महाराजज्यूले भन्नुभयो- 'केही समयको अभ्यासपछि यो दृढभूमि हुनेछ । अब परवैराग्य अविशेष छ र त्यो तपाईं आफैंले गर्नुपर्छ । अहिले तपाईंलाई आधा विज्ञान मात्र प्रदान गरिएको छ । जब तपाईंको यो विज्ञान दृढभूमि हुनेछ तब मात्र तपाईंलाई ब्रम्ह-विज्ञान प्रदान गरिनेछ । जब यो विज्ञान दृढभूमि हुनेछ तब तपाईंले यसलाई योग्य अधिकारीलाई मात्र प्रदान गर्नुहोला, जो पायो उसैलाई होइन । पहिले साधन चतुष्टय सम्पन्न भएर आत्मज्ञानको प्राप्तिका साधनहरुमा लाग्नर्ुपर्छ ।'