Khatpad Baba
 

श्री १००८ ब्रहृमवित् परमहंस योगी सच्चिदानन्द सरस्वती -श्रीखप्तडस्वामी) खप्तड कुटी बाहिर

मुल पाता

Khaptad Baba-A Divine Boon to Nepali Education 1985

Khaptad Baba ra Shyam Chetan Baba ka Pau Ma


क) सानो प्रयास
ख) पूज्य खप्तडस्वामी आफ्नू परमपूज्य गुरुको     श्री चरणकमलमा
ग) श्री १००८ ब्रहृमवित् परमपूज्य खप्तडबाबाका     श्री चरणकमलमा गुरु बन्दना
) श्री खप्तड
) खप्तड दर्शन
) धर्म विज्ञान लेखनमा निहित उद्देश्य
) पूज्यबाबाका अमृत वचन
) बाबाबाट प्रणित केही पुस्तकहरूको आंशिक     उद्धरण

१ धर्म विज्ञान
२ स्वास्थ्य विज्ञान
३ म र मेरो कर्तव्य
४ योग विज्ञान
५ विचार विज्ञान
६ धर्म / पुरुष धर्म
७ आत्मज्ञान
८ वेदान्त-विज्ञान
९ Essential of Vedanta
१० Science Of Thought

) प्रार्थना संग्रह
) महाराजका अनुभूति
) गुरु बन्दना
) जिज्ञासा
) पुस्तक पाइने ठाउँहरू / Queries

 
 
 
 
 
 

 
केही जिज्ञासाका उत्तर स्वामीज्यूबाट

निवेदक - स्वामीज्यू, जीवनको उद्देश्य के हो -

स्वामीज्यू - जीवनको उद्देश्य हो परम शान्तिको प्राप्ति ।

निवेदक - स्वामीज्यू, विचारको आहार के हो -

स्वामीज्यू - विचारको आहार हो सुविचार ।

निवेदक - स्वामीज्यू, सफलताको मापदण्ड के हो -

स्वामीज्यू - सफलताको मापदण्ड हो सत्कर्मद्वारा आर्जित धन सम्पति र जसको
आधारशिला हो धर्म । राजाराम भन्छन् तिमी आफू ठगिए हुन्छ तर अरूलाई नठग । अतः सत्कर्मी बन ।

निवेदक - स्वामीज्यू, सपना के हो -

स्वामीज्यू - एक जीवको सपना, जुन निन्दा खुलेपछि टुट्छ । अर्को विश्वको
रचनाकारको सपना । यो सपनाचाहिँ त्यतिखेर टुट्छ जतिखेर ती रचनाकार टुटाउन चाहन्छन् । यसलाई तपाईँहरूको संसारिक भाषामा मृत्यु भनिन्छ ।

निवेदक - स्वामीज्यू के मृत्युलाई र्टार्न सकिन्छ -

स्वामीज्यू - मृत्युलाई हामी (यहाँनिर स्वामीज्यू आफूलाई हामी शब्द प्रयोग गर्नु
हुन्छ) र्टार्न सक्दैनौ तर मृत्युको भयलाई भने अवश्य र्टार्न सक्छौँ ।

निवेदक - स्वामीज्यू, भयको कारण के हो -

स्वामीज्यू - तपाईँ भित्र रहेको अज्ञान ।

निवेदक - चिन्ता कसरी नष्ट हुन्छ -

स्वामीज्यू - प्रभुसंग डटेर प्रेमगर, चिन्ता स्वत नष्ट हुन्छ ।

 

निवेदक - स्वामीज्यू, संसार केमा अडेको छ -

स्वामीज्यू - संसार आस्तिक तत्त्व -सत्कर्ममा विश्वास राख्ने) र नास्तिक तत्त्व
-भगवान्मा आस्था नराख्ने)- का बीच अडेको छ । सरल शब्दमा भन्नुपर्दा ती सज्जन महिला र पुरुष जो सत्कर्ममा विश्वास राख्दै सत्कर्मर्म गर्दै जान्छन् र अन्तमा जन्म-मरणको चक्करबाट मुक्ति पाउँछन् ।

निवेदक - स्वामीज्यू, दृष्टि कस्तो हुनुपर्छ -

स्वामीज्यू - दृष्टि अर्न्तमुखी हुनुपर्छ ।

निवेदक - दुःखको कारण के हो -

स्वामीज्यू - तपाईँहरूभित्र रहेको 'सोचाइको साँघुरो घेरा' जसको कारणले
गर्दा तपाईँ र तपाईँका परिवारभित्र मात्र घटेका प्रिय वा अप्रिय घटनाले तपाईँ हषिर्त वा चिन्तित हुन पुग्नुहुन्छ । जब कि त्यस्ता प्रिय वा अप्रिय घटनाहरू हर क्षण, हर परिवारमा घटिरहेका छन् तर ती अन्य परिवारमा घटेका घटनाले तपाईँलाई हल्लाउन त परै जाओस् छुनसम्म पनि सक्दैन ।

अतः यो 'सोचाईको साघुँरो घेरा'- लाई ठुलो र फराकिलो बनाउँदै लैजानुहोस् कल्याण अवश्य होला ।

निवेदक - स्वामीज्यू, संसार के हो -

स्वामीज्यू - यो संसारमा सार केही छैन । त्यसैले यसलाई -हाम्रो भाषामा) संसार
नामले संबोधन गरेको हो ।

निवेदक - स्वामीज्यू कुकर्म के हो -

स्वामीज्यू - सिङ्गो परिवार, समाज अनि राष्ट्रमा कुकर्म वा कुमार्गीहरूको संख्या
९९% पुगिसकेको छ भने पनि तपाईँ १ थपिएर १००% नपुर्‍याउनु होस् बरू तपाईँ १% को अल्पमत लिएर बस्नुहोस्, कल्याण अवश्य हुन्छ ।

 

वाणिज्य वसते लक्ष्मीः
धर्म-विज्ञान भाग १

व्यापारमा लक्ष्मीको वास हुन्छ । पाश्चात्य वाणिज्य शास्त्रअनुसार व्यापारीमा यी गुणहरू हुनु आवश्यक छ । ती गुण हुन्ः- भ्लभचनथ, भ्अयलomथ, क्ष्लतभनचष्तथ, क्थकतझ, क्ymउबतजथ, क्ष्लअभचष्तथ, Imउबचतष्बष्तिथ, क्भाि-चभष्बिलअभ यी सिद्धान्तहरूमा आधृत व्यापार यति सुदृढ र लाभप्रद हुन्छ कि यसलाई कोही हानि पुर्‍याउन सक्तैन । त्यसमा कोही पनि विघ्न गर्न सक्तैन र व्यापारीको अस्तित्व सदा कायम रहन्छ तथा उसको सफलताले सदा अविरल गतिले आफ्नो लक्ष्य प्राप्त गर्दै जान्छ । पाश्चात्य वाणिज्य-पद्धतिमा धेरै प्रकारका खाता पद्धतिहरू छन् । जस्तै- जर्नल, लेजर, क्यास-बुक आदि । तर पाश्चात्य वाणिज्य-पद्धति हाम्रो प्राचीन खाता पद्धति समक्ष अपर्ूण्ा जस्तो लाग्दछ । हाम्रो प्राचीन वाणिज्य विज्ञानअनुसार वाणिज्य ७ खाताहरूमा विभक्त थिए । ती खाताहरू यस प्रकार छन् - भू, भूवः, स्व, मह, जन, तप र सत्य । भूखातालाई दैनिक खाता भन्दछन् । भू खातालाई सानो बही भनिन्छ । स्वको अर्थ पक्का रोकड हुन्छ । महको अर्थ खाता बही भनिन्छ । तपको अर्थ परिशोधित खाता हो अर्थात् तलपट ट्रायल व्यालेन्स हो । सत्य खाताको अर्थ हो चिट्ठा, जसमा लाभ र हानि अंकित गरिएको हुन्छ । प्राचीनकालमा व्यापारीहरू सत्य खाता राखेर सत्यतापर्ूण्ा आफ्नो लाभको दश प्रतिशत राज्यले नमाग्दै नै गएर राजकोषमा जम्मा गर्दथे । उनीहरूलाई यो विश्वास ऋणानुवन्द हो भन्ने कुरा थाहा थियो जसरी यी सात हिन्दु खाता पद्धति छन् त्यसरी नै विश्वमा सप्त खण्ड छन् जो भू, भुवः, स्व, मह, जन, तप र सत्यलोक कहलाउँछन् । मनुष्य आफ्ना कर्मअनुसार ती लोकहरूमा जाने गर्छन् । यमराजका लेखन्दास चित्रगुप्त सबै खाताहरू आफूसँग राख्ने गर्छन् । यसैले हाम्रो व्यापार्रर् इमान र जमानमा आधारित थियो र्।र् इमानदारी नै र्सवश्रेष्ठ नीति हो । क्रमशः

ब्राहृमण शरीर क्षुद्र कामका लागि बनेको होइन, किन्तु जन्मैदेखि षोडश संस्कारहरूद्वारा पवित्र भएर वेदाध्ययन गर्दै पवित्र तपद्वारा सारतत्त्वलाई तपाएर संसारका मानवहरूलाई तपःपूत ज्ञान प्रदान गरेर अनन्त सुखका साथ परमात्मामा लीन हुनका लागि बनेको हो । यस्तो पवित्र जीवन ब्राहृमणको हुन्थ्यो र हुनर्ुपर्दछ ।

यसैले हे ब्रहृमपुत्र उठ ! उठ !! बिउँझ ! बिउँझ !! छिः ! छिः !! आफ्नो यस्तो दीन, हीन र दलित अवस्थादेखि तिमीलाई घिन लाग्दैन - के तिमीले श्रुतिको मृतसन्जीवनी मन्त्र सुनेका छैनौ - सुन त श्रुति तिमीलाई नै भनिरहेको छ -

उत्तिष्ठत जाग्रत प्राप्य वरान् निबोधत ।
क्षुरस्य धारा निशिता दुरत्यया दुगँ पथस्तत् कवयो वदन्ति ।।

ब्राहृमणको जीवन अत्यन्त पवित्र हुनर्ुपर्दछ र पर्ूव समयमा त्यस्तै थियो । यसै सर्न्दर्भमा एउटा आदर्श ब्राहृमणको कथा प्रस्तुत गरिँदै छ -

ब्राहृमणको पवित्र नाम थियो - महापण्डित कैयट । महाभाष्यका सुप्रसिद्ध टीका तिलकका रचयिता संस्कृतका उद्भट विद्वान् काश्मिरनिवासी कैयट नगरदेखि टाढा छाप्रोमा बस्थे । घरमा सम्पत्तिको नाममा एउटा कमण्डलु र फाटेको गुन्द्री थियो । उनी ब्रहृमचारी या संन्यासी नभएर विशुद्ध गृहस्थ थिए । उनको गृहस्थ जीवन प्राचीन युगका ऋषिहरूको जस्तै थियो । सन्ध्या पूजा, अध्ययन, अध्यापन र ग्रन्थ लेखनमा लाग्दा उनलाई अरू कुराका लागि फर्ुसदै थिएन । उनकी पत्नी वनबाट मुज काटेर ल्याउँथिन् र डोरी बनाउँथिन् त्यो बेचेर जे-जति आय हुन्थ्यो त्यसबाट घर गृहस्थी चलाउँथिन् । उनका पतिले उनीलाई कसैबाट कुनै कुरा दानमा नलिने आज्ञा दिएका थिए । एक समयमा, काशीका केही विद्वान्हरू कैयटजीको प्रशंसा सुनेर उनको दर्शन गर्न काश्मिरमा पुगेका थिए । उनीहरूले कैयटको दर्शन गरेपछि काश्मिर नरेशलाई भेटेर कैयटको जीवन निर्वाहको व्यवस्था गर्न आग्रह गर्दा तात्कालिक काश्मिर नरेशले भने उहाँका लागि केही व्यवस्था गर्न मेरो साहस हुँदैन । तपाईँहरूले उनी रिसाएर काश्मिर छाड्ने छैनन् भन्ने वचन दिएमा म व्यवस्था गर्न तत्पर नै छु । काशीका ब्राहृमणहरूले आश्वासन दिए । राजाले कैयटको नाममा पर्याप्त भूमिको दान पत्र लेखेर ती ब्राहृमणहरूका हातमा थमाइदिए त्यसपछि काश्मिर नरेश ती ब्राहृमणहरूका पछि पछि गुप्तरूपमा गए । जुन कुराको आशंका थियो त्यही भयो । कैयटजीले दानपत्र धुजा-धुजा पारेर मिल्काइदिए । कमण्डलु उर्ठाई गुन्द्री बेरेर काखीमा च्याप्दै आफ्नी पत्नीलाई भने यहाँको राजा अब ब्राहृमणलाई धनको लोभमा पार्न चाहन्छन् । यो राज्य अब बस्न लायक रहेन । मेरा पुस्तकहरू उठाऊ र हिँड !

काशीका ब्राहृमणहरूले क्षमा मागे र काश्मिर नरेश आएर चरणमा पर्दै निवेदन गर्न लागे । राज्यमा बस्ने विद्वान्, तपस्वी ब्राहृमणहरू कष्ट नभोगून् भनी हेर विचार गर्नु राज्यको कर्तव्य हो । यसै कर्तव्यलाई ध्यानमा राखेर म केही सेवा गर्न चाहन्थेँ ।

कैयटले गुन्द्री कमण्डलुलाई भुइँमा राखे । त्यसपछि राजासंग भने 'यही मेरो ठुलो सेवा हुने छ । तिमी फेरि यहाँ नआउनू, न त यहाँ कुनै कर्मचारीलाई पठाउनू, धन र जमीनको प्रलोभन नदिनू र मेरो अध्ययनमा कुनै पनि प्रकारको विघ्न नपरोस्, बरू यति कुरा ध्यानमा राख्नू ।' क्रमशः